बुधबार, माघ २१,२०८२ 03:34:03
Bizshala
  • बुधबार, माघ २१,२०८२ 03:34:03
Bizshala
Global IME Bank Limited
Bizshala

'असली जेन-जी को' भन्ने विवादले जंगी अड्डाबाहिरका युवाबीच हात हालाहाल

'असली जेन-जी को' भन्ने विवादले जंगी अड्डाबाहिरका युवाबीच हात हालाहाल
Shivam Cement

काठमाण्डौ । जंगी अड्डा आसपासको क्षेत्रमा को असली जेनजी भन्ने विषय आन्दोलनकारी युवाहरुबीच नै लफडा सुरु भएको छ । 

Bizshala
Garima Development Bank
New Office

धराहरातर्फको क्षेत्रमा भेला भएका युवाहरुबीच आफूहरु नै असली जेनजी रहेको र जंगीअड्डाभित्र गएकाहरु नक्कली जेनजी रहेका भन्दै विवाद चर्किएपछि हात हालाहालसम्मको अवस्था बनेको हो ।  

हाम्रा संवाददाताका अनुसार असली जेन जी हामी हौं, हामी हौं आन्दोलन गर्ने मुख्य मान्छे भन्दै जंगी अड्डा आसपासको क्षेत्रमा भेला हुने युवाहरुको संख्या निरन्तर बढिरहेको छ । ती युवाहरु एकअर्कालाई असली आफू रहेको र अरु चाहिँ नक्कली जेनजी रहेको भन्दै आरोप लगाएपछि हात हालाहालसँगै लफडा भइरहेको हो । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कतिपय युवाहरुले आफूहरु जंगी अड्डामा रातभर छलफलमा रहेको दाबी गर्दै त्यहाँ कुरा नमिलेपछि बाहिरिएको दाबी समेत गरेका छन् ।  

जंगी अड्डाभित्र गएका जेनजी नामका समूहमा पनि कोही एमालेका, कोही कांग्रेसका, कोही राजावादी, कोही रास्वपाको पक्षधरता लिने गरेका कारण सहमति हुन नसकेको समेत दाबी गरेका छन् ।  

केहीले जेनजीलाई सेनाले म्यानुपुलेट गरिरहेको, राष्टपतिलाई अगाडि नसारी दुर्गा प्रसाईलाई ल्याएर माहौल बिगारिरहेको आरोप समेत लगाएका छन् ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.