काठमाण्डौ । नेपाल पत्रकार महासंघले पत्रकार तथा मिडियालाई निशाना बनाइएको जनाएको छ । नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको जनाएको हो ।
‘अहिले देशैभरी पत्रकारहरुले असुरक्षित महसुस गरिरहेका छन् । ४ जना पत्रकारहरु गोली लागि घाइते भएका छन् । धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएको छन्, विज्ञप्तीमा भनिएको छ, ‘जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ । यो दुखद् र आपत्तिजनक बिषय हो । राज्यले मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्छ । साथै राज्य र आन्दोलनकारीलाई प्रेस माथि निसाना नबनाउन र यसमा कुनै घुसपैठ भएको भए सो सम्बन्धमा ख्याल राखी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन अपिल गर्दछ ।’
महासंघले जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
‘मुलत सुशासनको माग राखेर भएको आन्दोलनमा लाखौं युवाहरु सरिक भएका थिए यसले लोकतान्त्रिक प्रक्रियालाई नै बलियो बनाउछ तर सर्वैधानिक प्रक्रियाबाट मात्र लोकतन्त्रलाई अझ सुदृढ गर्दै लैजानुको विकल्प छैन,’ महासंघले भनेको छ ।