काठमाण्डौ । बाँकेको नेपालगन्जस्थित कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । बाहिर निस्कन पाउनु पर्ने माग गर्दै आज कैदीबन्दीहरुले आगजनी र तोडफोड गरेका हुन्। आगजनी र तोडफोड भएसँगै अहिले कारागारको अवस्था तनावग्रस्त बनेको छ ।
कैदीलाई नियन्त्रणमा लिने प्रयासमा गरिरहेको जनाइएको छ । कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।