बिहीबार, श्रावण २१,२०८३ 12:17:44
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:17:44
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, २९९ जना घाइतेको उपचार जारी

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, २९९ जना घाइतेको उपचार जारी
New Office

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार मृत्यु भएका १८ जनाको पहिचान अझै हुन सकेको छैन ।  

मृत्यु हुनेमा ३ जना प्रहरी र एकजना भारतीय नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।  

यस्तै आन्दोलनमा घाइते भएको २९९ जनाको उपचार विभिन्न ३३ वटा अस्पतालमा भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ घाइते उपचाररत छन्।  

बानेश्वरको सिभिल अस्पतालमा २३ जना, ट्रमा सेन्टरमा ३२ जना, काठमाण्डौ मेडिकल कलेजमा ३५ जना, त्रिवि शिक्षण अस्पतालमा २५ जना र नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार भईरहेको छ ।  

१ हजार ४६५ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.