बिहीबार, श्रावण २१,२०८३ 12:14:55
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:14:55
Bizshala
Global IME Bank Limited

जेनजी नेता सुदन गुरुङलाई राष्ट्रपतिले १० घण्टादेखि शितल निवासमा कुराए, भेट नदिएपछि आक्रोश

जेनजी नेता सुदन गुरुङलाई राष्ट्रपतिले १० घण्टादेखि शितल निवासमा कुराए, भेट नदिएपछि आक्रोश
New Office

काठमाण्डौ । अन्तरिम सरकार गठनबारे छलफलका लागि बोलाइएका भनिएका जेनजी समूहका नेता सुदान गुरुङले शीतल निवासमा नौ घण्टादेखि प्रतिक्षा गरिरहेका छन्। उनले सामाजिक सञ्जालमा बताएका छन् कि राष्ट्रपति रामचन्द्र पौडेलले नौ घण्टादेखि आफूलाई कुराइरहेका छन्। उनले फेसबुक पेजमार्फत यो जानकारी गराएको पनि एकघण्टाभन्दा बढी भइसक्यो । यसको अर्थ उनले १० घण्टादेखि राष्टपतिलाई कुरिरहेका छन् । भेट भएको अपडेट आएको छैन । 

गुरुङका अनुसार, राष्ट्रपति पौडेलले बिहानै छलफलका लागि बोलाए पनि अहिलेसम्म प्रत्यक्ष भेट भएको छैन। ‘राष्ट्रपति ज्यूले बोलाउनुभएको हो, तर अहिलेसम्म भेट भएको छैन, म अझै पनि कुरिरहेको छु,’ उनले लेखेका छन्।

‘हामी नेपाल’ गैरसरकारी संस्थाका गुरुङले आफू मध्यस्थकर्तामार्फत नभएर राष्ट्रपतिसँग प्रत्यक्ष छलफल गर्ने अडान लिएका छन्। उनले एकल छलफल नगर्ने स्पष्ट पनि पारेका छन्। गुरुङले संसद् विघटनको घोषणा र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग यथावत रहेको बताएका छन् र राष्ट्रपति पौडेलसँग भेटपछि छलफलका विषयमा विस्तृत जानकारी दिने बताएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.