बिहीबार, असार १८,२०८३ 03:47:06
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:47:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्फ्यु हट्यो, यातायात पुनः सञ्चालन, जनजीवन सामान्य हुँदै

Laxmi Sunrise Bank Limited
कर्फ्यु हट्यो, यातायात पुनः सञ्चालन, जनजीवन सामान्य हुँदै

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेसँगै आन्दोलनपश्चात अस्तव्यस्त बनेको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

New Office
CG Motors
Garima Development Bank

कर्फ्यु र निषेधाज्ञा देशका अधिकांश क्षेत्रमा हटाइए पनि ललितपुरमा अझै जारी छ। त्यहाँबाहेकका क्षेत्रमा नागरिकहरू आफ्नो पेशा–व्यवसायमा फर्किसकेका छन् भने सुरक्षाको अवस्था पनि सामान्य देखिएको छ।

यसैबीच, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज बस्न लागेको छ । सो बैठकले रातको समयमा निषेधाज्ञा जारी गर्ने विषयमा ठोस निर्णय लिनेछ ।  

बैठकले ललितपुरको निषेधाज्ञा समेत हटाउने निर्णय गर्नेछ ।  

गत मंगलबारदेखि पूर्ण रूपमा ठप्प रहेको सार्वजनिक यातायात शनिबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। शुक्रबार फाट्टफुट्ट मात्र गुडेका सवारी साधन आज बिहानदेखि बाक्लो संख्यामा सडकमा देखिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिजो मध्यराति जेनजी आन्दोलनकारीको मागअनुसार राष्टपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाएका थिए । त्यसलगत्तै प्रधानमन्त्री कार्कीले गरेको सिफारिसका आधारमा पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।  

योसँगै नयाँ सरकारले आगामी फागुन २१ गते मध्यावधि चुनावको समेत घोषणा गरेको छ ।  

राजनीतिक अन्यौल घटेर अन्तरिम सरकार बनेको र चुनाव समेत घोषणा भएपछि स्थानीय प्रशासन र सेनाको समन्वयमा लगाइएको कफ्र्यू र निषेधाज्ञा हटाइएको हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.