बिहीबार, श्रावण २१,२०८३ 12:18:04
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:18:04
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२, घाइते १९१

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२, घाइते १९१
New Office

काठमाण्डौ । जेनजी आन्दोलन उग्र बन्दै जाँदा हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मुख्य सचिव एकनारायण अर्यालले यो तथ्यांक सार्वजनिक गरेका हुन्।

उनका अनुसार मृत्यु हुनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन्।

भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध युवाहरू सडकमा उत्रिएपछि आन्दोलन सुरु भएको थियो। त्यस क्रममा विभिन्न स्थानमा भएको झडप र आगजनीले ठूलो जनधनको क्षति गरेको अधिकारीहरूले जनाएका छन्।

मृतकहरूको सबै पहिचान अझै नभएको र जलेका स्थान सफाइ गर्दा शवहरू भेटिइरहेको प्रहरीको भनाइ छ। आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव फेला परेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.