बिहीबार, असार १८,२०८३ 02:33:04
Bizshala
  • बिहीबार, असार १८,२०८३ 02:33:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पदभार ग्रहणलगत्तै निजी क्षेत्रलाई उकास्ने प्रधानमन्त्रीको घोषणा, सबैखाले सहयोग गर्ने प्रतिबद्धता

Laxmi Sunrise Bank Limited
पदभार ग्रहणलगत्तै निजी क्षेत्रलाई उकास्ने प्रधानमन्त्रीको घोषणा, सबैखाले सहयोग गर्ने प्रतिबद्धता

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो सम्बोधनमै निजी क्षेत्रलाई आश्वस्त पार्ने कोशिश गरेकी छिन्।  

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले मुख्यसचिव तथा सचिवहरूसँगको छलफलमाउनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर सम्बोधन गरेकी हुन् । 

New Office
CG Motors
Garima Development Bank

सो क्रममा प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई उकास्ने ठोस कार्ययोजना बनाएर अघि बढ्ने घोषणा गरिन् ।  

विषम परिस्थितिका बीच निजी क्षेत्रले भोगिरहेको क्षतिलाई सम्बोधन गर्ने विषयलाई आफू नेतृत्वको सरकारले प्राथमिकतामा राख्ने घोषणा गर्दै क्षति व्यहोरेकाहरुलाई आश्वस्त पार्न खोजेकी हुन् ।  

“धेरै व्यापारीको सम्पत्ति डढाउने काम भएको छ । उनीहरुलाई तिमीहरु जसरी उभिन्छौं उभ भनेर छाड्न भएन । धेरै व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरु पुनः उठ्न नसक्ने अवस्थामा पुगेका छन्, उनीहरूलाई कसरी माथि ल्याउने भन्नेबारे छलफल भइरहेको छ,” उनले भनिन्। “बैंकमार्फत सहुलियतपूर्ण ऋण(सफ्ट लोन) दिन सकिन्छ कि वा अरु कुनै राहात प्याकेज ल्याउन सकिन्छ भन्नेबारे समेत विचार भइरहेको छ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री कार्कीले साना व्यापारीहरूको सम्पत्ति समेत लुटिएको उल्लेख गर्दै राज्यले उनीहरूलाई समेत सम्बोधन गर्ने आश्वासन दिइन् ।  

उनले बिहानै पत्रिकामा व्यापारीहरूले ‘फेरि उठ्ने कोसिस गर्छौं’ भनेको पढ्दा आफूलाई उत्साह लागेको बताउँदै, “त्यस्तो हिम्मत देखाउने व्यापारीहरूलाई शुभकामना दिन चाहन्छु। राज्यबाट सहयोगका स्वरूपबारे हामी विचार गरिरहेका छौं। तपाईहरु ढुक्क हुनुहोस्, राज्यले सकेको गर्छ ।" 

जेनजी आन्दोलनका क्रममा धेरै व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानमाथि सुनियोजित आक्रमण भएको थियो । सो क्रममा निजी क्षेत्रले अरबौंको क्षति व्यहोरेको छ ।  

भाटभटेनीजस्ता ठूला चेन सुपरमार्केटका २१ वटा स्टोरमा आन्दोलनकारीले अरबौंको क्षति पुर्याएका छन् । ९ वटा आउटलेट भवनसहित ध्वस्त भएको छ भने १२ वटामा तोडफोड र लुटपाट मच्चाइएको छ ।  

हिल्टनजस्ता ठूला अन्ताराष्टि चेन होटल पनि आगो लगाएर ध्वस्त पारिएको छ ।  

यसबाहेक चौधरी ग्रुप, टाटा, महिन्द्रा, गोल्छा लगायतका व्यावसायिक प्रतिष्ठानहरुमा छानी छानी आक्रमण भएको छ ।  

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रबाहेक सरकारका महत्वपूर्ण स्थानहरुमा समेत सुनियोजित आक्रमण भएको आशंका गरिन् । योजनाबद्ध ढंगले भएका आक्रमणको समेत छानबिन गरिने उद्घोष गरिन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.