बुधबार, श्रावण २०,२०८३ 11:06:45
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:06:45
Bizshala
Global IME Bank Limited

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, रिपोर्टर्स क्लब तनावग्रस्त

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, रिपोर्टर्स क्लब तनावग्रस्त
New Office

काठमाण्डौ । जेनजी आन्दोलनमा स्वयम्सेवकको रुपमा खटिएर पछि आफूलाई नेताको रुपमा प्रस्तुत गरेका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ ।  

हातपातपछि अहिले रिपोटर्स क्लबको सभाहल तनावपूर्ण बन्न पुगेको छ । उनलाई शुभेच्छुक र केही पत्रकारलाई क्लबको कुनामा घेरेर सुरक्षित राखेका छन् । 

घटनास्थलमा भर्खरै प्रहरी पुगेको छ ।  

रिपोर्टर्स क्लबमा सो समूहले आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो । त्यस क्रममा सुदन निकै उत्तेजक शैलीमा प्रस्तुत भएका थिए ।

पत्रकारहरुले गरेको प्रश्नको उत्तर दिन छाडेर आफ्ना कुरा मात्र राखेपछि त्यहाँ विरोध भएको थियो । सो क्रममा उनले आन्दोलनका क्रममा मरेका जेनजीहरुको आफूलाई कुनै मतलब नभएको, आन्दोलनमा भएको क्षतिको आफूले जिम्मा नलिने अभिव्यक्ति दिएपछि पत्रकार तथा यूट्यूबरहरु आक्रोशित बन्न पुगेका थिए ।  

बोल्ने क्रममा उनलाई पत्रकारहरुले र्याख र्याख्ती पार्दै अवस्था झन तनावपूर्ण बनेको थियो । उनले पत्रकारहरुलाई अपशब्द प्रयोग गरेपछि हात हालाहालको अवस्था बनेको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.