बुधबार, श्रावण २०,२०८३ 11:05:48
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:05:48
Bizshala
Global IME Bank Limited

गृहमन्त्री अर्यालको पहिलो निर्णय: शहीद परिवारलाई एकलाख किरिया खर्च, राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाइने

गृहमन्त्री अर्यालको पहिलो निर्णय: शहीद परिवारलाई एकलाख किरिया खर्च, राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाइने
New Office

काठमाण्डौ । जेनजी आन्दोलनमा शहीद भएका नागरिकको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ। यस क्रममा सरकारी भवन र कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हाले लगत्तै उक्त घोषणा गरेका हुन्। उनले शोक दिवस कुन दिन मनाउने भन्ने विषय मन्त्रिपरिषद्ले टुंगो लगाउने बताए।

त्यसैगरी, आन्दोलनमा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई किरिया खर्च स्वरूप एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरिएको छ। शव व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र दुर्गम स्थानमा आवश्यक परे हेलिकप्टरमार्फत शव पुर्‍याउने व्यवस्था गर्ने निर्णय गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.