काठमाण्डौ । नव नियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै साधारण जीवनशैलीमा काम गर्ने घोषणा गरेका छन्।
सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले स्वकीय सचिवालय नबनाउने स्पष्ट पारे। उनका अनुसार, गाडीमा यात्रा गर्ने क्रममा फोन गर्नुपर्ने भएकाले एक जना चालक मात्र पर्याप्त हुन्छ।
त्यसबाहेक उनले अर्थमन्त्री भएबापत उपलब्ध हुने सरकारी सेवासुविधा नलिने घोषणा गरे। साथै, आफूलाई "माननीय" भनेर सम्बोधन नगर्न आग्रह गर्दै जनताको सेवामा प्रतिबद्ध रहने संदेश दिएका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                