काठमाण्डौ । जेनजी समूहको भदौ २३ र २४ गतेको आन्दोलनमा मृत्यु हुने प्रहरीका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।
नेपाल प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै उक्त आन्दोलनमा मृत्यु भएका अमर प्रहरीका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको हो ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रति परिवार जनही १० लाख रुपैयाँ उपलब्ध गराउने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले बताए ।