बुधबार, श्रावण २०,२०८३ 10:58:44
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:58:44
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने सरकारको घोषणा

जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने सरकारको घोषणा
New Office

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाउने नागरिकका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र थप ५ लाख रुपैयाँ अन्य खर्चका लागि उपलब्ध गराइनेछ। उक्त रकम अर्थ मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिने व्यवस्था मिलाइने उनले बताए।

यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ। मृत्यु भएकाहरूको शव सम्बन्धित स्थानमा पुर्‍याउन सवारीसाधन उपलब्ध गराइनेछ भने दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत शव पुर्‍याइने व्यवस्था गरिने मन्त्री अर्यालले जानकारी दिए। दाहसंस्कारमा समेत सरकारले सहयोग गर्ने उनले स्पष्ट पारे।

गत भदौ १४ र २३ मा भएको जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको ज्यान गएको थियो भने २ हजार ३१६ जना घाइते भएका थिए। तीमध्ये २८३ जना हाल विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.