बुधबार, श्रावण २०,२०८३ 11:08:06
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:08:06
Bizshala
Global IME Bank Limited

सेनाको सुरक्षाबाट बाहिर निस्किए प्रचण्ड, खण्डहर बनेको पार्टी कार्यालयको अवलोकन

सेनाको सुरक्षाबाट बाहिर निस्किए प्रचण्ड, खण्डहर बनेको पार्टी कार्यालयको अवलोकन
New Office

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र आधुनिक पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरेका छन्।

मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पुगेका प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ठूलो क्षति पुर्‍याएको भन्दै सम्पूर्ण पार्टी पंक्ति तथा देश–विदेशमा रहेका सदस्यहरूको सहयोगमा भव्य नयाँ भवन बनाइने बताए।

“क्षति त भयो, तर अब हाम्रो ध्यान पुनर्निर्माणमा छ,” प्रचण्डले भने, “सबैको साथ र योगदानमा नयाँ पार्टी कार्यालय निर्माण हुनेछ।”

जेनजी आन्दोलन सुरु भएपछि केही दिन सैनिक ब्यारेकमा रहेका उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्। नेताहरूको टोलीसँगै उनले कार्यालयभित्र रहेको सहिद स्मारकमा गएर आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे।

कार्यालय अवलोकनका क्रममा प्रचण्डले आगजनीबीच पनि केही महत्वपूर्ण माइन्युट र पुस्तकालय जोगिन सफल भएकोमा त्यहाँ कार्यरत श्रमिक र कार्यकर्ताप्रति आभार व्यक्त गरे। उनले भने, “पार्टीका कागजातहरू जोगिएको सुनेर खुसी लाग्यो, त्यस्तै केही कम्प्युटर र पुस्तकालय पनि सुरक्षित रहेछन्, त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु।”

उनले पार्टीका युवाहरूले छोटो समयमै गरेको सफाइ कार्यको पनि प्रशंसा गरे। “दुई दिनमै सफाइलाई उल्लेखनीय स्तरमा पुर्‍याउनुभएको छ,” उनले भने, “युवाहरूको यो समर्पणले कार्यालय पुनः व्यवस्थित हुँदैछ।”

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.