बिहीबार, असार १८,२०८३ 12:45:52
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:45:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वार्थको रोटी सेक्नेलाई अर्थमन्त्रीको सन्देश- 'हामी नियामकको काममा हस्तक्षेप गर्दैनौं'

Laxmi Sunrise Bank Limited
स्वार्थको रोटी सेक्नेलाई अर्थमन्त्रीको सन्देश- 'हामी नियामकको काममा हस्तक्षेप गर्दैनौं'

काठमाण्डौ । अर्थ तथा निजामति प्रशासनलाई नजिकबाट बुझेका अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले मन्त्रालयमातहतका नियामक निकायहरुले गर्ने काममा आफूहरुले हस्तक्षेप नगर्ने स्पष्ट सन्देश दिएका छन् ।  

उनी अर्थमन्त्री भएपछि विभिन्न समयमा भेट्न गएका वा आफूसँग नियमित छलफलमै रहेका नियामक निकायका प्रमुखहरुसँगको कुराकानीमा उनले यस्तो स्पष्ट सन्देश दिएका हुन् । 

New Office
CG Motors
Garima Development Bank

रेगुलेटरले गर्ने काममा अर्थमन्त्रालयले कुनै हस्तक्षेप गर्दैन । आफ्नो कर्तव्य नबिर्सिई उहाँहरुले गर्ने काम विवेकपूर्ण ढंगले गर्न दिनुपर्छ । मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसँगको छलफलमा अर्थमन्त्रीबाट व्यक्त विचार उद्धृत गर्दै मन्त्रालयका एक सहसचिवले भने ः पछिल्लो समय विभिन्न नियामक निकायका प्रमुखलाई कारबाही गर्नुपर्यो भन्दै माग गर्न आउने स्वार्थ समूह बढेपछि मन्त्री ज्यूले आफ्नो स्पष्ट स्ट्याण्ड देखाउनुभएको हो ।  

यो क्रममा केही नियामक निकायका प्रमुखहरु समेत उनलाई भेट्न गइसकेका छन् । सो क्रममा पनि अर्थमन्त्री खनालले मन्त्रालयले उनीहरुले गर्ने काममा हस्तक्षेप नगर्ने भन्दै जनतामा उत्साह आउने गरी फेयर काम गर्न निर्देशन दिने गरेका छन् ।  

अर्थमन्त्रीको हामी तपाईहरुको काममा हस्तक्षेप गर्दैनौं भन्ने आशयको ढाडसबाट नियामक निकायका अधिकारी उत्साहित भएर फर्किने गरेका छन् भने अन्यौलको अवस्थाको फाइदा उठाई स्वार्थको रोटी सेक्न जाने कतिपय समूह भने निराश भएर फर्किने गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल अर्थमन्त्री भएका खनाल अर्थसचिवबाट राजीनामा गरेका व्यक्ति हुन् । लामो समयसम्म उनले निजामति प्रशासनको कथाव्यथा नियालेका छन् । । त्यस्तै, मन्त्रालयअन्तरगतका विभिन्न निकायका प्रमुखहरुको कामकर्तव्य, अधिकार, उनीहरुको सीमितता, बाध्यता लगायतको विषयमा समेत उनी निकै जानकार छन् । आफू मातहतका निकायलाई उत्साहपूर्ण ढंगले काम लगाउन समेत डा. खनाल माहिर मानिन्छन् ।  

आफू अर्थमन्त्री भएलगत्तै खनालले मातहतका सबै नियामकलाई निराश नभई काम गर्न सन्देश दिएका छन् भने राष्ट्रबैंकका गभर्नर डा. विश्व पौडेलसँग त हरदम सहकार्य गर्दै आएका छन् । अर्थका अधिकारीहरुका अनुसार सम्भवतः देशकै इतिहासमा पहिलोपटक अर्थमन्त्री र गभर्नरबीच अर्थतन्त्र उकास्ने उद्देश्यले घनिभूत छलफल र सहकार्य भइरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.