बुधबार, श्रावण ६,२०८३ 12:13:41
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:13:41
Bizshala
Global IME Bank Limited

बिपतमा क्षति व्यहोरेकाको घाउमा मल्हम लगाउन शिखर सधैं अगाडि, थाल्यो दाबीभुक्तानी

बिपतमा क्षति व्यहोरेकाको घाउमा मल्हम लगाउन शिखर सधैं अगाडि, थाल्यो दाबीभुक्तानी
New Office

काठमाण्डौ । हुलदङ्गा तथा प्राकृतिक र मानवसिर्जित बिपतमा हुने क्षतिको बीमा दाबी भुक्तानीमा सधैं अग्रणी भूमिका खेलिरहेको शिखर इन्स्योरेन्सले यो पटक पनि पुरानै शैलीमा अग्रसरता देखाएको छ ।  

जेनजी आन्दोलनका क्रममा पुगेको क्षतिको बीमा दाबी भुक्तानीमा कतिपय कम्पनीहरुले प्रारम्भिक प्रक्रियाहरु मात्र सुरु गरिरहँदा शिखरले भने सबै प्रक्रियाहरुलाई सहज र सरल बनाउँदै भुक्तानी नै थालेको हो । 

यो क्रममा बिहीबार कम्पनीले जेनजी आन्दोलनबाट क्षति व्यहोराका दुई बीमित पाटीलाई २२ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी दिएको छ ।  

कम्पनीका डेपुटी जनरल म्यानेजर सुरज राजबाहकका अनुसार एउटा बीमितलाई साढे १३ लाख र अर्को एउटालाई ८ लाख ७५ हजार क्षतिको बीमा दाबी भुक्तानी दिइएको छ ।  

सुरज राजबाहक

'हामीले हिजै राष्ट्रनिर्माणमा सहयात्राको अभियान घोषणा गरेका थियौं । यो क्रममा दाबी भुक्तानीका हाम्रा प्रक्रियाहरुलाई अझ सरल र सहज बनाउने घोषणा भएकै थियो ।' उनले बिजशालासँग भने- 'घोषित नीतिअनुसार नै आन्दोलनका क्रममा ध्वस्त भएको राष्ट्रको पुनिर्माणमा हाम्रो कम्पनीले सहयात्राको थालनी बिहीबारदेखि नै गरेको छ । हामीले देशैभरका हाम्रा शाखाहरुलाई सक्रिय बनाएर बीमितहरुको सहज र सरल सेवाका लागि खटाएका छौं । कसैले बीमा दाबी भुक्तानीमा कुनै समस्या भोग्नुपर्ने छैन ।'  

उनकाअनुसार दाबी भुक्तानीका लागि आवेदनहरु आउने क्रम जारी रहेको र आइतबारदेखि भुक्तानीको गति अझ बढ्ने दाबी गरे ।  

हालसम्म शिखर इन्स्योरेन्समा आन्दोलनका क्रममा भएको क्षतिको करिब साढे २ अर्ब हाराहारीको दाबी भुक्तानीको आवेदन परेको छ । 

शिखरसहित १८ वटा बीमा कम्पनीमा करिब २१ अर्बको दाबी भुक्तानीको आवेदन परेको छ । यो आँकडा केही बढ्नसक्ने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।  

निर्जीवन बीमा कम्पनीहरुले रिइन्स्योरेन्स कम्पनीमा दायीत्व सार्ने हुनाले यहाँ परेको सबै दाबीको भुक्तानीको सम्पूर्ण भार कम्पनीको हुँदैन । यसकारण अब पुनर्बिमा कम्पनीहरुले यी कम्पनीहरुलाई जतिसक्दो छिटो र सरल ढंगले भुक्तानी गर्छन्, यी कम्पनीहरुले पनि क्षति व्यहोराका बीमितले उसैगरी चाँडो भुक्तानी दिनसक्ने अवस्था देखिन्छ ।  

'हामीलाई यो क्रममा क्यास फ्लो म्यानेजमेन्टको चाहिँ समस्या हुनसक्छ ।' अर्को एक निर्जीवन बीमा कम्पनीका उच्च अधिकारीले भने- 'तर रिइन्स्योरेन्सले समयमै गरिदियो भने त्यसलाई समेत सहज बनाउन सकिन्छ ।'

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.