बुधबार, श्रावण २०,२०८३ 11:07:53
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:07:53
Bizshala
Global IME Bank Limited

यी चार युवा अनुहार बन्दैछन् अन्तरिम सरकारको मन्त्री: पत्रकारदेखि वैज्ञानिकसम्म

यी चार युवा अनुहार बन्दैछन् अन्तरिम सरकारको मन्त्री: पत्रकारदेखि वैज्ञानिकसम्म
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्री नियुक्तिका क्रममा प्राविधिक र विविध पृष्ठभूमिका व्यक्तित्वलाई समेट्दै सरकारलाई फरक ढंगले प्रस्तुत गर्न लागेको छ।

राष्ट्रपति कार्यालयमा हालै थप चार जनाको नाम सिफारिस भएको स्रोतले जनाएको छ। तीमध्ये मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र स्वास्थ्य क्षेत्रकी वरिष्ठ विशेषज्ञ डा. संगीता कौशल मिश्र रहेका छन्।

स्रोतका अनुसार अन्सारीले लिन लागेको मन्त्रालय खुलाइएको छैन भने खरेल सञ्चार तथा सूचना प्रविधि, पुन शिक्षा, विज्ञान तथा प्रविधि र मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारीमा छन्।

डा. मिश्रलाई विशेषगरी यौन तथा प्रजनन स्वास्थ्य तथा स्त्री रोग विशेषज्ञका रूपमा चिन्छ। उनी परोपकार प्रसूति अस्पताल र स्वास्थ्य सेवा विभागको नेतृत्व गरिसकेकी छन्। गत वर्ष सचिवमा बढुवा नपाएपछि बिदामा बसेकी उनलाई अहिले मन्त्री बनाउन लागिएको हो। मन्त्री बन्ने निर्णयसँगै उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ।

यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल मन्त्री भइसकेका छन्। यसरी कानुन, पत्रकारिता, विज्ञान, मानवअधिकार र स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूलाई एकै ठाउँमा ल्याउँदै कार्की नेतृत्वको सरकारलाई ‘प्राविधिक-समावेशी टोली’को रूपमा प्रस्तुत गर्ने तयारी भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.