बुधबार, श्रावण २०,२०८३ 11:09:00
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:09:00
Bizshala
Global IME Bank Limited

शरणार्थी प्रकरणले चर्चित बनेका एआईजी मनोज केसी सीआईबी प्रमुख नियुक्त

शरणार्थी प्रकरणले चर्चित बनेका एआईजी मनोज केसी सीआईबी प्रमुख नियुक्त
New Office

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा साहसी कदम चालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा नियुक्त गरेको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश समन्वय विभागबाट सरुवा गर्दै सीआईबीको नेतृत्व दिने निर्णय गरेको हो।

केसीले प्रहरी सेवा अवधि भित्रै चर्चित ‘भुटानी शरणार्थी’ काण्ड उजागर गरेका थिए। उनको टोलीले २०७९ चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेर काण्डको डोरी खोलेको थियो। यही प्रक्रियामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसमेत पक्राउ परेपछि केसीको भूमिका अझै चर्चामा आएको थियो।

तर, कांग्रेस नेतृत्वको दबाबका कारण उनले तत्कालीन जिम्मेवारी गुमाएका थिए। त्यसयता उनी महत्वपूर्ण पोष्टिङबाट टाढा राखिएका थिए। अहिले भने सरकारले उनलाई पुनः सीआईबीको नेतृत्व सुम्पेर ठूलो जिम्मेवारी दिएको छ।

यसअघिका सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक (IGP) बनेपछि ब्यूरो कार्यवाहकको भरमा मात्र चलिरहेको थियो। अब केसीको पुनरागमनसँगै सीआईबीले शरणार्थी प्रकरणलगायत उच्च–प्रोफाइल आपराधिक घटनामा छानबिनलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.