काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बसोवास गर्ने भएका छन् । सोमबार शपथ ग्रहण गर्दै पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
सोही बमोजिम मन्त्रालयले पुनलाई मन्त्रालयमै बसोवास गर्ने प्रबन्ध मिलाएको हो । शिक्षा मन्त्रालयले केशर महलबाट सेवा प्रदान गरिरहेको छ । सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा आगजनीमा परेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।