काठमाण्डौ । अध्यागमन विभागले दशैंको दिनबाहेक अन्य दिनमा सेवा जारी राख्ने भएको छ । विभागले एक सूचना जारी गर्दै दशैंको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला रहने जनाएको हो ।
विभागले असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला गरी सेवा प्रवाह गरिने जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।