बुधबार, असार १७,२०८३ 11:03:18
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:03:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनलाइन सञ्चारमाध्यम दर्ता अब पुनः सूचना विभागमै

Laxmi Sunrise Bank Limited
अनलाइन सञ्चारमाध्यम दर्ता अब पुनः सूचना विभागमै

काठमाण्डौ । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया पुनः सूचना तथा प्रसारण विभागमै हुने व्यवस्था गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले यसबारे जानकारी दिएका हुन्।

New Office
CG Motors
Garima Development Bank

उनका अनुसार छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ अन्तर्गत अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि विभागका महानिर्देशकलाई नै स्थानीय अधिकारीका रूपमा तोक्ने निर्णय भएको छ।

यससँगै अब अनलाइन सञ्चारमाध्यम दर्ता वा नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने छैन। मन्त्री खरेलका अनुसार, यो प्रक्रिया पूर्ववत् रूपमा सूचना तथा प्रसारण विभागमार्फत नै सञ्चालन हुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि सरकारले कानुनी संशोधनमार्फत अनलाइन दर्ता जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्था गरेको थियो। तर बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त व्यवस्था खारेज गर्दै दर्ता प्रक्रिया फेरि सूचना विभागमै केन्द्रित गर्ने निर्णय गरेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.