बुधबार, श्रावण २०,२०८३ 10:05:51
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:05:51
Bizshala
Global IME Bank Limited

दालचिनीमा विषाक्त सिसा ! अमेरिकी एफडीएले दियो ११ मसाला ब्रान्ड प्रयोग नगर्न चेतावनी

दालचिनीमा विषाक्त सिसा ! अमेरिकी एफडीएले दियो ११ मसाला ब्रान्ड प्रयोग नगर्न चेतावनी
New Office

काठमाण्डौ । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै ११ वटा मसला ब्रान्डका दालचिनी उत्पादन फिर्ता गर्न आदेश दिएको छ। परीक्षणमा यी उत्पादनमा सिसा (लेड) को मात्रा सुरक्षित स्तरभन्दा निकै बढी भेटिएको एफडीएले जनाएको छ।

एफडीएले सार्वजनिक गरेको विवरणअनुसार, यी उत्पादनमा भेटिएको सिसाको मात्रा २.०३ पार्ट्स पर मिलियन (पीपीएम) देखि ७.६८ पीपीएम सम्म रहेको छ। यो स्तर दीर्घकालीन रूपमा स्वास्थ्यका लागि खतरनाक हुने विशेषज्ञहरूको चेतावनी छ।

कुन-कुन ब्रान्ड ?

एफडीएले फिर्ता गर्न आदेश दिएका ११ ब्रान्डहरूमा

-सुपर ब्रान्ड (Super Brand) – ७.६८ र ६.६० पीपीएम

-एल चिलर (El Chilar) – ३.७५ र ७.०१ पीपीएम

-एलपीबी फ्लेवर – ३.९३ पीपीएम

-स्वाद – २.८९ पीपीएम

-ला प्रेटा – २.६६ पीपीएम

-सुप्रीम ट्रेडिङ – २.३७ पीपीएम

-असली – २.३२ पीपीएम

-जिवा अर्गानिक्स – २.२९ पीपीएम

-कम्युनिटी इन्टिग्रेटेड ओरिएन्टल – २.२३ पीपीएम

-मार्कसम – २.२२ र २.१४ पीपीएम

-सुपास क्लास – २.०४ पीपीएम

-शाहाद – २.०३ पीपीएम

समावेश छन्।

यीमध्ये सुपर ब्रान्ड, असली र जिवा अर्गानिक्स मा भेटिएको सिसाको मात्रा विशेष रूपमा ‘चिन्ताजनक’ श्रेणीमा परेको छ।

एफडीएले के भन्यो?

एफडीएले उपभोक्तालाई यी दालचिनी उत्पादन तत्काल प्रयोग नगर्न र घरमा भए तुरुन्तै नष्ट गर्न आग्रह गरेको छ। दालचिनी उत्पादनहरूको शेल्फ-लाइफ लामो हुने भएकाले, उपभोक्ताले घरमा रहेका पुराना प्याकेटहरू समेत जाँच गर्नुपर्नेमा जोड दिइएको छ।

संस्थाले भनेको छ, “आहारमा लामो समयसम्म सिसाको उच्च मात्रा रहनुले मस्तिष्क, स्नायु प्रणाली र मुटु सम्बन्धी गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।”

विशेषगरी गर्भवती महिला, शिशु र बालबालिकामा यसले सिकाइ समस्या, व्यवहारिक कठिनाइ र कम आईक्यू जस्ता असर पार्न सक्ने चेतावनी दिइएको छ।

दालचिनीको प्रयोग

दालचिनी विश्वभर लोकप्रिय मसला हो, जसलाई बेकिङ (केक, कुकीज, पाई), पेयपदार्थ (चिया, हट चकलेट) तथा विभिन्न परिकारमा प्रयोग गरिन्छ। यसको सुगन्ध र औषधीय गुणका कारण दालचिनीको प्रयोग निकै प्रचलित छ। तर अहिलेका यी नतिजाले बजारमा पाइने मसला उत्पादनहरूको गुणस्तरमा गम्भीर प्रश्न उठाएको छ।

नेपालमा अहिले चाडपर्वको लहर सुरु भएको छ । दशैंमा बन्ने मासु लगायतका विभिन्न परिकारहरुमा समेत दालचिनीलाई मसलाको एउटा हिस्साको रुपमा अत्यधिक प्रयोग गर्ने गरिएको छ । यहाँका उपभोक्ता समेत दालचिनीको अन्धाधुन्ध प्रयोगबाट सचेत हुनुपर्ने देखिएको छ।

-एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.