मंगलवार, आश्विन १४,२०८२ 06:52:02
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 06:52:02
IME remit
Global IME Bank Limited

मुक्तिनाथ बैंकको साधारणसभा घोषणा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

Hyundai Nepal
मुक्तिनाथ बैंकको साधारणसभा घोषणा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले घोषणा गरेको लाभांश तपाई पनि आफ्नो पोल्टामा पार्न चाहनुहुन्छ ? बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको १८.२० प्रतिशत लाभांश तपाई पनि प्राप्त गर्न चाहनुहुन्छ भने असोज ३१ गतेसम्म यो कम्पनीको सेयर किनिसक्नुपर्नेछ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा आगामी कात्तिक १५ गते बोलाएको छ र त्यसका लागि बुक क्लोज मिति भनेर असोज ३१ गतेलाई तोकेको छ । यसको अर्थ कम्पनीले घोषणा गरेको लाभांश पाउन तथा सेयरधनीको रुपमा साधारणसभामा सहभागी बन्न असोज ३१ गतेभित्र सेयर किनिसक्नुपर्नेछ ।  

यो बैंकले भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकबाट १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४.६७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । 

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को लागि घोषित लाभांश पारित गर्ने अजेण्डा राखिएको छ ।  

यसबाहेक, नाफा नोक्सान विवरण, वित्तीय प्रतिवेदन र नगद प्रवाह प्रतिवेदन सहितको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने थप अजेण्डाहरु पनि छन् ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.