बुधबार, असार १७,२०८३ 09:18:46
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:18:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रातको समय काठमाण्डौबाट बाहिर नजान र बाहिरबाट काठमाण्डौ प्रवेश नगर्न प्रशासनको अलर्ट

Laxmi Sunrise Bank Limited
रातको समय काठमाण्डौबाट बाहिर नजान र बाहिरबाट काठमाण्डौ प्रवेश नगर्न प्रशासनको अलर्ट

काठमाण्डौ । लगातार वर्षासँगै बाढी, पहिरो र भूक्षयजस्ता विपद्‌को सम्भावना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।

प्रशासनले आइतबार प्रकाशित गरेको जरुरी सूचनामा असोज १७ (आज) देखि २० गतेसम्म “अत्यावश्यक कारणबाहेक लामो दुरीको यात्रा नगर्नुहोस्” भन्दै राजधानी प्रवेश गर्ने तथा बाहिरिने यात्रामा विशेषगरी राति सचेत रहन अनुरोध गरेको छ।

New Office
CG Motors
Garima Development Bank

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार आगामी केही दिन लगातार भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त क्षेत्रमा ठूला दुर्घटना हुन सक्ने चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “सर्वसाधारणले आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउन अत्यन्तै जरुरी छ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, आपत्कालीन अवस्थामा उद्धार, राहत र सहयोगका लागि प्रशासनले विशेष सम्पर्क नम्बर सार्वजनिक गरेको छ, जसबाट तत्काल सहयोग पाउन सकिने व्यवस्था मिलाइएको बताइएको छ।

प्रशासनले आमनागरिकलाई सतर्कताकै माध्यमबाट विपद्‌लाई न्यून पार्न सकिने भन्दै “सावधानी नै सुरक्षित जीवनको मूल मन्त्र हो” भन्ने सन्देश पनि दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.