बिहीबार, आश्विन २९,२०८३ 04:59:57
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 04:59:57
Bizshala
Global IME Bank Limited

यस्ता छन जीवन बीमाका प्रकार, कुन बीमा गर्दा कस्तो लाभ पाइन्छ ?

Bizshala
यस्ता छन जीवन बीमाका प्रकार, कुन बीमा गर्दा कस्तो लाभ पाइन्छ ?
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार अझैपनि कुल जनसंख्याको ५७ प्रतिशत जनसंख्याले बीमा गरेका छैनन् । बीमाको दायरा अझैपनि बढ्न सकिरहेको छैन । बीमाको जानकारी भएकाहरुले पनि जीवन बीमा नगरेको बीमा विज्ञहरु बताउँछन् ।  

बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतना फैलाए पनि सर्वसाधारणमा बीमा किन गर्ने र यसबाट के फाइदा हुन्छ भन्ने खालका जिज्ञासाहरु अझै प्रशस्तै भेटिन्छन् । साथै बीमा गराउन चाहानेहरुमा समेत बीमालेखको विषयमा जानकारी नहुँदा बीमा गर्न हिच्किचाउने प्रवृत्ति छ ।  

हाल १४ जीवन बीमा कम्पनीले विभिन्न बीमालेखहरु बिक्री गरिरहेका छन् । मुख्यतः बीमितहरुले बीमा गर्नुअघि बीमा तीन प्रकारका हुन्छन् भनेर बुझ्न जरुरी छ । सबै कम्पनीले विभिन्न नामहरु दिएर पोलिसी बिक्री गरेपनि बीमा विशेषगरी तीन प्रकारका हुन्छन् । आजीवन बीमा, म्यादी जीवन बीमा र सावधिक जीवन बीमा गरी बीमा तीन प्रकारको हुन्छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यी तीनवटै बीमाका आ–आफ्नै विशेषता छन् । तर, सर्वाधिक बिक्री हुने बीमा भनेको सावधिक जीवन बीमा हो ।  

सावधिक जीवन बीमा  

सामान्यतया सबैले गर्ने बीमा सावधिक जीवन बीमा हो । जीवन बीमा कम्पनीहरुमा सावधिक जीवन बीमा सर्वाधिक बिक्री हुने बीमालेख हो । यो बीमालेख अन्तर्गत रहेर एउटा निश्चित अवधिको लागि बीमा गराइन्छ ।  

आफुले बीमा गरेको बीमांक रकम बराबर बीमा अवधि सकिएपछि स्वयं बीमितले प्राप्त गर्दछ । साथै तोकिएको अवधिभर बीमितको मृत्यु भएमा पुरा बीमा रकम र त्यो अवधिसम्म समानुपातिक बोनस सहित हकवालालाई भुक्तानी हुन्छ ।  

सावधिक जीवन बीमाका पनि विभिन्न प्रकार छन् । साधारण सावधिक जीवन बीमा, विशुद्ध सावधिक जीवन बीमा, संयुक्त सावधिक जीवन बीमा, दोहोरो सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा र बाल सावधिक जीवन बीमा रहेका छन् ।  

साधारण सावधिक जीवन बीमा सर्वाधिक लोकप्रिय जीवन बीमा हो । यो बीमालेखमा बीमा कम्पनी र बीमितबीच भएको सहमतिअनुसार एउटा निश्चित अवधि तोकि सो अवधिसम्म बीमा शुल्क तिनुपर्ने गरी जारी गरिन्छ । बीमा अवधि सकिएपछि बीमित स्वयंलाई र मृत्यु भएको खण्डमा हकवालालाई बीमांक रकम भुक्तानी गरिन्छ । बीमा कम्पनीहरुमा सर्वाधिक यो बीमालेख जारी हुने गर्दछ ।  

त्यस्तै, बीमित स्वयं बीमा अवधिसम्म जीवित रहेर बीमांक रकम भुक्तानी हुन्छ, भने त्यो विशुद्ध सावधिक जीवन बीमा हो । साथै एक भन्दा बढी जीवनको बीमा गरिएको बीमा संयुक्त सावधिक जीवन बीमा हो । बीमा अवधिभर एक बीमितको मृत्यु भएमा जीवित बीमितलाई बीमांक रकम भुक्तानी हुन्छ ।

त्यस्तै, दोहोरो सावधिक जीवन बीमामा बीमितको बीमा अवधि भित्र मृत्यु भएमा तोकिएको बीमाङ्क रकम तथा बीमा अवधिसम्म जीवित रहेमा सो अवधि समाप्त हुनासाथ दोब्बर बीमाङ्क रकम बीमितले पाउने गरी जारी गरिन्छ ।

यता अग्रिम भुक्तानी सावधिक जीवन बीमामा बीमाङ्क रकमको भुक्तानी विभिन्न समयको अन्तरालमा बीमितलाई भुक्तानी गरिन्छ । त्यस्तै, सन्तानको भविष्यलाई दृष्टिगत गरी बाबुआमाले आफ्नो बच्चाहरुको लागि खरिद गर्ने बीमालेख नै बाल सावधिक जीवन बीमा हो । यो योजनामा बीमा अवधि सकिएपछि मात्र बीमाङ्क रकमको भुक्तानी एकमुष्ट वा एक पटकमा गरिन्छ ।  

आजीवन बीमा  

आजीवन बीमा लङ टर्म पोलिसी हो । यो पोलिसी खरिद गरेका बीमित स्वयं आफुले बीमांक रकम लिन पाउँदैन अर्थात् बीमाको उद्देश्य तबमात्रै पुरा हुन्छ, जब बीमा गरेको व्यक्तिको मृत्यु हुन्छ । यस बीमालेखमा बीमा गर्नेले आफ्नो जीवन कालमा आफुले गरेको बीमा रकमको भोग चलन गर्न पाउँदैन । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

आजीवन बीमा पनि तीन प्रकारका हुन्छन्, जसमा साधारण आजीवन बीमा, सीमित भुक्तानी आजीवन बीमा र परिवर्तनीय आजीवन बीमा रहेका छन् । जीवनभर बीमितले निरन्तर बीमाशुल्क बुझाईरहन्छ र अन्त्यमा उसको मृत्युपश्चात् इच्छाइएको व्यक्तिलाई बीमा वापतको रकम भुक्तानी हुन्छ भने त्यो साधारण आजीवन जीवन बीमा हो ।  

त्यस्तै, सीमित भुक्तानी आजीवन बीमा अन्तर्गत बीमा शुल्क भुक्तानी गर्ने अवधि तोकिएको हुन्छ । बीमा शुल्क भुक्तानी त्यहि निश्चित अवधिसम्म मात्र गर्ने दायित्व बीमितलाई नै हुन्छ । साथै परिवर्तनीय आजीवन बीमाअन्तर्गत बीमितले चाहेमा बीमालेख चालु भएको ५ वर्षपछि कुनै पनि अवधिको बन्दोबस्ती बीमामा परिवर्तन गर्न सक्ने सुविधा हुन्छ ।  

म्यादी जीवन बीमा  

म्यादी जीवन बीमा छोटो अवधिको पोलिसी हो । यस प्रकारको बीमालाई एक अस्थाई बीमा करार मानिन्छ । यो बीमालेखमा अवधि तोकिएको हुन्छ । यदि सो अवधिभर बीमितको मृत्यु भएमा मात्रै बीमा रकम प्राप्त हुन्छ । तर अवधि पुरा भएर बीमित जीवितै रहन्छ भने बीमा रकम प्राप्त हुँदैन ।  

यो खालको बीमालेखमा केवल सुरक्षा मात्रै प्रदान गरिएको हुन्छ । यस्तो बीमालेखले केवल सुरक्षा प्रदान गर्दा यसलाई समर्पण मूल्यमा परिवतृन गराउन सकिँदैन । बीमा गर्ने बीमितको उमेरको आधारमा यसको बीमा शुल्क निर्धारण गरिन्छ ।  

वैदेशिक रोजगारमा जानेहरुका लागि अहिले म्यादी जीवन बीमा अनिवार्य छ । वैदेशिक रोजगारको क्रममा रहँदासम्म बीमितको मृत्यु भएमा मात्रै बीमा रकम प्राप्त हुन्छ । साथै यस्तो बीमामा स्वास्थ्य बीमाको पनि सुविधा रहेको हुन्छ, तर यसको लागि बीमितले थप शुल्क बुझाउनुपर्दछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.