बुधबार, असार १७,२०८३ 09:13:38
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:13:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौमा भारी वर्षाको पूर्वानुमानपछि सीडीओहरुको दौडधूप, चोभार आसपासका बासिन्दालाई अन्यत्र सर्न प्रहरीको माइकिङ

Laxmi Sunrise Bank Limited
काठमाण्डौमा भारी वर्षाको पूर्वानुमानपछि सीडीओहरुको दौडधूप, चोभार आसपासका बासिन्दालाई अन्यत्र सर्न प्रहरीको माइकिङ

काठमाण्डौ । काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र मार्ग चोभार गल्छीलाई शनिबार ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।

New Office
CG Motors
Garima Development Bank

निरीक्षणपछि प्रजिअ घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीमा बस्ने नागरिकलाई तत्कालै सुरक्षित ठाउँमा सारिनु पर्ने बताएका छन्। उनका अनुसार हाल प्राथमिकता जनधनको सुरक्षा हो, अन्य दीर्घकालीन कामहरू पछि मात्र सम्भव हुनेछन्।

“अहिले तुरुन्तै गर्न सकिने कुनै थप संरचनागत काम छैन। तर, जनधन सुरक्षित राख्नु हाम्रो पहिलो दायित्व हो,” – प्रजिअ सुमन घिमिरे

जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि उपत्यकामा समेत भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिका सम्पूर्ण निकायका प्रमुखहरू सहितको टोलीले निरीक्षण गरेको हो।

प्रजिअ घिमिरेले प्रहरीमार्फत माइकिङ गरेर जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउने जानकारी दिएका छन्। साथै, केही दिनका लागि सुरक्षित स्थानमा गएर बस्न आग्रहसमेत गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चोभार गल्छी : उपत्यकाको पानी निकासको साँघुरो द्वार

काठमाडौं उपत्यकामा रहेको सबै खोलानालाको पानी चोभार गल्छी हुँदै मात्र बाहिरिन्छ। किंवदन्ती अनुसार प्राचीन समयमा उपत्यका ठूलो ताल थियो, जुन चोभारको डाँडो काटेर बाहिर पठाइएपछि बस्ती बसालिएको मानिन्छ।

तर, त्यही कटान भएको भाग साँघुरो भएकाले ठूलो वर्षामा पानी निकास सुचारु हुन सक्दैन। त्यसै कारण उपत्यकाका नक्खु, कुलेश्वर, बल्खु, थापाथली, शंखमूल लगायतका क्षेत्र हरेक वर्षायाममा डुबानको जोखिममा पर्छन्।

गत वर्ष (२०८१ साल असोज १०–१३) रेकर्डब्रेक वर्षा हुँदा उपत्यकाका २५ स्थान डुबानमा परेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.