बुधबार, श्रावण २०,२०८३ 10:03:48
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:03:48
Bizshala
Global IME Bank Limited

सवारी साधनलाई २० गतेसम्म काठमाण्डौ उपत्यका भित्रिन र बाहिरिन प्रतिबन्ध

सवारी साधनलाई २० गतेसम्म काठमाण्डौ उपत्यका भित्रिन र बाहिरिन प्रतिबन्ध
New Office

काठमाण्डौ । निरन्तर वर्षाले जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सूचना जारी गर्दै आज (शनिबार)देखि तीन दिनका लागि लामो दूरीका तथा काठमाडौं उपत्यकामा आवत–जावत गर्ने सबै सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

प्राधिकरणले असोज १८ गतेदेखि २० गतेसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका बस तथा काठमाडौं उपत्यका भित्रिने–निस्कने सवारी साधन अस्थायी रूपमा बन्द रहने जानकारी दिएको हो।

प्राधिकरणको सूचनामा भनिएको छ:-"सवारीसाधन आवागमनमा गरिएको अस्थायी रोकका कारण यात्रु महानुभावहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगरी सुरक्षित तरिकाले घरमै बस्न आग्रह गर्दछौं। साथै विपद् सम्बन्धी सबै अद्यावधिक जानकारी आधिकारिक स्रोत जस्तै रेडियो, टेलिभिजन, अनलाइन माध्यम र सामाजिक सञ्जालमार्फत नियमित रूपमा प्राप्त गर्न अनुरोध गरिन्छ।"

यस निर्णयले पहिरो, बाढी र सडक अवरोधजस्ता सम्भावित जोखिम न्यूनिकरण गर्ने उद्देश्य राखिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.