बुधबार, श्रावण २०,२०८३ 10:06:14
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:06:14
Bizshala
Global IME Bank Limited

काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’, अन्य क्षेत्रमा पनि उच्च जोखिम

काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’, अन्य क्षेत्रमा पनि उच्च जोखिम
New Office

काठमाण्डौ । निरन्तर वर्षा भइरहेका बेला बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान काठमाडौं उपत्यकासहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ।

महाशाखाले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर र चितवनमा बाढीको अत्यधिक जोखिम देखिएको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको हो।

त्यससँगै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी (पूर्व–पश्चिम), रुपन्देही र कपिलवस्तुमा पनि उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

यस्तै, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दियालगायत जिल्लाका साना नदी–खोलामा बहाव तीव्र बढ्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम स्तरको सम्भावना रहेको चेतावनी दिइएको छ।

महाशाखाले प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन, अनावश्यक यात्रा नगर्न र आधिकारिक सूचना नियमित रूपमा पालना गर्न विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.