बुधबार, श्रावण २०,२०८३ 09:00:48
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:00:48
Bizshala
Global IME Bank Limited

अबिरल वर्षाका कारण कहाँ-कहाँको राजमार्ग अवरुद्ध छन् ?(सूचिसहित)

अबिरल वर्षाका कारण कहाँ-कहाँको राजमार्ग अवरुद्ध छन् ?(सूचिसहित)
New Office

काठमाण्डौ । अविरल वर्षा र बाढीपहिरोका कारण नेपालका प्रमुख राजमार्गहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। प्रहरी र ट्राफिक प्रहरीका अनुसार पृथ्वी, बिपी र अरनिको राजमार्गसहितका सडकहरूमा सवारी सञ्चालन ठप्प भएको छ।

नेपाल प्रहरीले नागढुंगा हुँदै धादिङ र गोदामतर्फ जाने तथा टखेल हुँदै जाने सडकहरू पूर्ण रूपमा बन्द गरेको जनाएको छ। दुवै दिशाबाट आउने सवारी साधनहरू रोक्ने गरी होल्ड गरिएको छ। 

यस्तै, चित्लाङबाट मकवानपुरतर्फ जाने सडक पनि पहिरोका कारण अवरुद्ध छ।

बिपी राजमार्गको धुलिखेलबाट दक्षिण हुँदै पूर्वतर्फ जाने खण्ड पनि बन्द छ। ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मंगलटारमा सवारी साधनहरू रोकेको छ। बिपी राजमार्गकै माम्ती खोला खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

अरनिको राजमार्गमा पनि अवरोध देखिएको छ। भोटेकोशी गाउँपालिका–४ मा यो राजमार्ग पूर्ण रूपमा बन्द छ भने काभ्रेपलाञ्चोकको धुलिखेल–८ पुकुचार खण्डमा एकतर्फी सञ्चालन भइरहेको छ।

सिन्धुपाल्चोकको गोसाइँकुण्ड गाउँपालिका–२ मा पासाङल्हामु सडक खण्ड अवरुद्ध छ। सोही ठाउँमा नेपाल–चीन जोड्ने पुल बाढीले बगाएपछि सवारी सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ। यता, मकालु गाउँपालिका–३ र भोटखोला गाउँपालिका–४ मा कोशी राजमार्ग अवरुद्ध छ।

प्रहरीले वर्षा सुन्दा र सुरक्षित भएपछि मात्र सडकहरू खुलाउने जनाएको छ। यात्रुहरूलाई अनावश्यक यात्राबाट जोगाउन आह्वान गरिएको छ। थप जानकारीका लागि सम्बन्धित प्रहरी कार्यालय वा ट्राफिक प्रहरीसँग सम्पर्क गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.