बुधबार, श्रावण २०,२०८३ 09:02:42
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:02:42
Bizshala
Global IME Bank Limited

आइतबार र सोमबार सार्वजनिक विदा

आइतबार र सोमबार सार्वजनिक विदा
New Office

काठमाण्डौ । देशव्यापी भारी वर्षा र प्रतिकूल मौसमी अवस्थाका कारण सरकारले आइतबार र सोमबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ।  

गृहमन्त्री ओमप्रकाश अर्यालकाअनुसार, यो निर्णयले विपद् व्यवस्थापन र जनताको सुरक्षालाई प्राथमिकता दिएको हो। यसअघि भोलिबाट सरकारी कार्यालयहरू सञ्चालन हुने तयारी थियो, तर वर्षाका कारण यो योजना परिवर्तन गरिएको छ।

राजमार्गहरूमा पहिरो खस्ने क्रम जारी रहँदा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको चेतावनीलाई ध्यानमा राखेर बिदा घोषणा गरिएको हो। “वर्षाले बाढी र पहिरोको जोखिम थप बढाएको छ। जनजीवनलाई जोखिमबाट जोगाउन यो आवश्यक कदम हो,” मन्त्री अर्यालले भने ।

यसले लाखौं कर्मचारी र सेवाग्राहीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग सुरक्षा र विपतसँग लड्ने तयारीबारे विस्तृत छलफल भएको छ। 

उच्च जोखिमयुक्त क्षेत्रका बस्तीहरूमा प्रहरी र अन्य सुरक्षा निकायका टोलीहरू तत्काल परिचालन गर्ने निर्णय पनि गरिएको छ। नेपाली सेनाका उद्धार टोलीहरूलाई आकस्मिक अवस्थाका लागि पूर्ण तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।  

वर्षा अझै रोकिएको छैन, त्यसैले यात्रा र बाहिर निस्कनुअघि स्थानीय प्रशासनको सूचना अनुसरण गर्न सबैलाई सल्लाह दिइएको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.