बुधबार, असार १७,२०८३ 09:16:54
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:16:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खुम्बु क्षेत्रमा असोजमै हिमपात, सयौं पर्यटक होटलमै रोकिए

Laxmi Sunrise Bank Limited
खुम्बु क्षेत्रमा असोजमै हिमपात, सयौं पर्यटक होटलमै रोकिए

काठमाण्डौ ।असोज महिनामै सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्र खुम्बुमा भारी हिमपात भएको छ। खुम्बुपासाङल्हामु गाउँपालिकाको लोबुचे र त्यसभन्दा माथिल्लो भूभागमा निरन्तर हिमपात भइरहेको स्थानीयले जनाएका छन्।

New Office
CG Motors
Garima Development Bank

पर्यटकीय सिजन सुरु भइसकेको बेला मौसममा आएको आकस्मिक परिवर्तनले खुम्बु क्षेत्रमा बेमौसमी हिमपात र तल्लो भागमा मुसलधारे वर्षा गराएको हो। बिहानैदेखि परेको हिउँका कारण पाङबोचे माथिल्लो क्षेत्रमा रहेका पर्यटकले पदयात्रा रोकेर होटलमै बस्न बाध्य भएका छन्।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार अहिले खुम्बु क्षेत्रमा करिब २ हजार ५ सयभन्दा बढी पर्यटक रहेका छन्। नाम्चेका होटलहरूमा मात्र ८ जना पर्यटक बसिरहेका छन् भने धेरैजसो तेङबोचे गाउँमा आश्रय लिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न प्रहरीले गस्ती बढाएको छ। प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार पर्यटकलाई सुरक्षित रूपमा होटलमै बस्न आग्रह गरिएको छ। खराब मौसमका कारण हाल हवाई तथा सडक मार्ग दुवै अवरुद्ध भएकाले नयाँ पर्यटक सगरमाथा क्षेत्रमा प्रवेश गर्न नसकेको पनि उनले जानकारी दिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.