काठमाण्डौ । बागमती र मधेश प्रदेशका विभिन्न स्थानमा वर्षाको मात्रा खतराको स्तरमा पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्न ४ बजेसम्मको रेकर्डमा सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा मापन गरिएको हो।
पछिल्ला २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ भने गौरमा २४३.६ मिलिमिटर पानी परेको छ। त्यस्तै, पर्साको मुडलीमा २३१.८ र वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
बाराको कलैयामा २१०.६ मिलिमिटर, निजगढमा १५७.८ मिलिमिटर, रौतहटको गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद्हरूले आज राति समेत वर्षा तीव्र हुने अनुमान गर्दै असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                