बुधबार, श्रावण २०,२०८३ 09:01:09
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:01:09
Bizshala
Global IME Bank Limited

अलपत्र यात्रुको खानपान, बसोबासदेखि स्वास्थ्योपचारको व्यवस्था मिलाउन सीडीओहरुलाई निर्देशन

अलपत्र यात्रुको खानपान, बसोबासदेखि स्वास्थ्योपचारको व्यवस्था मिलाउन सीडीओहरुलाई निर्देशन
New Office

काठमाण्डौ । राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले गन्तव्यतर्फ प्रस्थान गरे पनि यातायात बन्दको सूचनाका कारण बीच बाटोमै अलपत्र परेका यात्रुहरुको खानपान र बसोबासको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । 

देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गरिएको परिपत्रमा असोज २० गते सोमबारसम्म लामो दूरीका यातायात आवागमनमा रोक लगाइएको सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका यात्रुहरु सवारी साधनमै रोकिएका र अलपत्र परेका सूचना आएको भन्दै उनीहरुको खानपान र बसोबसको उचित व्यवस्थापन मिलाउन प्राधिकरणले भनेको हो।

ती यात्रुहरुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवम् सम्बन्धित जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्रसँगको समन्वयमा सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचार लगायतको आवश्यक बन्दोबस्त गर्न गराउन प्राधिकरणले भनेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.