काठमाण्डौ । अबिरल वर्षा र बाढीका कारण यातायात आवागम ठप्पप्राय भएको मौकामा राइड सेयरिङ गर्ने सवारी साधनले बढी भाडा लिएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशासन काठमाण्डौले एक सूचना जारी गर्दै हाल मनसुनजन्य विपद्को अवस्थामा इनड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ गर्ने सवारी साधनहरुले सेवा प्रदान गर्ने क्रममा यात्रुहरुलाई साबिकको भन्दा अत्यन्त चर्को मूल्य लिएको गुनासो प्राप्त भएको भन्दै त्यस्तो ठगी गर्ने उपर कडा कारबाहीको चेतावनी दिएको हो ।
प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले जारी गरेको सूचनामा कोही ठगीमा परेको भए आवश्यक प्रमाणसहित प्रशासनमा उजुरी पेश गर्न आग्रह गर्दै त्यस्ता ठगी गर्ने व्यक्तिहरुलाई प्रचलित कानूनबमोजिम कडा कारबाही हुने प्रष्ट पारेकी छिन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                