बुधबार, श्रावण २०,२०८३ 09:01:07
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:01:07
Bizshala
Global IME Bank Limited

७७ वटै जिल्लामा गृहको सर्कुलर: सीडीओ र सुरक्षा प्रमुखले २४ सै घण्टा कार्यालयमा बस्नू

७७ वटै जिल्लामा गृहको सर्कुलर: सीडीओ र सुरक्षा प्रमुखले २४ सै घण्टा कार्यालयमा बस्नू
New Office

काठमाण्डौ । गृह मन्त्रालयले मनसुनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै देशभरका सबै ७७ जिल्लाका प्रशासन कार्यालयलाई आठ बुँदे निर्देशन जारी गरेको छ।

मन्त्रालयले असोज १८, १९ र २० गतेका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनमा रोक लगाउन आदेश दिँदै त्यस्तै राजमार्गमा अवरुद्ध भएका सवारी साधनलाई सडक तथा मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्‍याउन आवश्यक समन्वय गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला संस्थालाई निर्देशन दिइएको छ। यात्रुहरूको खानपान व्यवस्थासमेत सहज बनाउन भनिएको छ।

एम्बुलेन्सलाई आपतकालीन अवस्थाअनुसार गन्तव्यसम्म पुर्‍याउन सहयोग गर्ने, बाटोमै अलपत्र परेका गर्भवती महिलालाई नजिकको स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरसम्म पु-याउने व्यवस्था मिलाउन भनिएको छ।

बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीलाई स्थानीय पालिकासँगको सहकार्यमा नजिकैको विद्यालय वा खुला स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ। त्यस्तै, मौसमका कारण उडान रद्द भई विमानस्थलमै फर्किएका यात्रुलाई यातायात व्यवसायीसँग सहकार्य गरेर गन्तव्यसम्म पुर्‍याउन व्यवस्था गर्न भनिएको छ।

यदि आकस्मिक उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आएमा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखासँग सम्पर्क गर्न निर्देशन गरिएको छ। साथै, सुरक्षा निकायका प्रमुखहरूलाई चौबिसै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था मिलाउन भनिएको छ।

मन्त्रालयले यी सबै कार्यको प्रगति विवरण नियमित रूपमा विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि आदेश दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.