काठमाण्डौ । पछिल्लो २४ घण्टामा मधेश प्रदेशका विभिन्न जिल्लामा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका वर्षा मापन केन्द्रका अप्रशोधित तथ्यांकअनुसार शनिबार साँझसम्म रौतहटको महेशपुरमा ३३५ मिलिमिटर वर्षा भएको छ, जुन सबैभन्दा बढी हो।
त्यसैगरी रौतहटकै गौरीमा ३१० मिलिमिटर, पर्साको वीरगञ्जमा २६० मिलिमिटर, रौतहटको गौरौडामा २५२ मिलिमिटर, बाराको कलैयामा २३६ मिलिमिटर, पर्साको रंगपुरमा २०० मिलिमिटर र बाराको परवानीपुरमा १९१ मिलिमिटर पानी परेको छ।
यस्तै, सिमरामा १७३, निजगढमा १७१ र महोत्तरीको गौशालामा १३३ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।
मधेश प्रदेशका जिल्लामा अहिले पनि वर्षा जारी रहेको र थप पानी पर्ने सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                