शुक्रबार, श्रावण १५,२०८३ 01:32:53
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 01:32:53
Bizshala
Global IME Bank Limited

विपतले प्रताडित नागरिकलाई प्रधानमन्त्रीको ढाडस- 'सम्पूर्ण राज्य तपाईको साथमा छ, सहयोग लिन संकोच नमान्नू'

विपतले प्रताडित नागरिकलाई प्रधानमन्त्रीको ढाडस- 'सम्पूर्ण राज्य तपाईको साथमा छ, सहयोग लिन संकोच नमान्नू'
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले देशभर बढ्दै गएको बाढी–पहिरोको जोखिमबीच नागरिकको सुरक्षालाई सरकारको सर्वोच्च प्राथमिकता रहेको स्पष्ट गरेकी छिन्।

शनिबार देशबासीलाई सम्बोधन गर्दै उनले कुनै पनि जोखिमपूर्ण कार्य अघि बढाउँदा सुरक्षालाई पहिलो महत्व दिन आग्रह गरिन्। “तपाईंहरूको सुरक्षा नै हाम्रो सबैभन्दा ठूलो चिन्ता हो। आवश्यक सहयोग लिन संकोच नगर्नुहोस्, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्,” प्रधानमन्त्री कार्कीले भनिन्।

उनले बाढी, डुबान र कटानको जोखिम अझै बढ्ने क्रममा रहेको उल्लेख गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्। “हाल नदीनालाको बहाव सतर्कताको तहमा पुगेको छ, निरन्तर वर्षाका कारण खतराको स्तर अझै बढ्न सक्छ। धेरै क्षेत्रमा पहिरोको सम्भावना बलियो छ,” उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी तथा प्रशासनिक निकायहरू उद्धार र राहत कार्यका लागि चौबिसै घण्टा तयारी अवस्थामा छन्। प्रतिकूल परिस्थिति भए पनि सबै निकायहरू उच्च मनोबलका साथ आपतकालीन सहयोगमा खटिएको उनले प्रष्ट पारिन्।

त्यस्तै, सरकारले प्रमुख राजमार्ग तथा अन्य महत्वपूर्ण पूर्वाधारको निरन्तर निगरानी गरिरहेको जानकारी पनि उनले दिइन्।

“तपाईं जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुस् र वरिपरिका मानिसलाई पनि सुरक्षा प्रति सचेत रहन प्रेरित गर्नुहोस्,” प्रधानमन्त्री कार्कीले सन्देशमार्फत नागरिकलाई आह्वान गरेकी छिन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.