अन्तरिम सरकारमा संकट : तीन मन्त्रीले चाँडै राजीनामा दिने सम्भावना
काठमाण्डौ । नागरिक सरकारको रूपमा गठित वर्तमान अन्तरिम मन्त्रिपरिषद्मा नयाँ तरंग पैदा भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तीनजना मन्त्रीलाई राजीनामा दिन सुझाव दिएको स्रोतहरूको दाबीले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ । यसले सरकारको स्थिरता र आगामी निर्वाचनको तयारीमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।

