शुक्रबार, श्रावण १५,२०८३ 01:34:07
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 01:34:07
Bizshala
Global IME Bank Limited

सम्पत्ति शुद्धीकरणविरुद्ध कडा कदमः प्रधानमन्त्रीले लिइन् ब्रिफिङ, उपत्यकामा हजारौं रोपनी अवैध जग्गा रोक्का

सम्पत्ति शुद्धीकरणविरुद्ध कडा कदमः प्रधानमन्त्रीले लिइन् ब्रिफिङ, उपत्यकामा हजारौं रोपनी अवैध जग्गा रोक्का
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय खैरो सूची (ग्रे लिस्ट) बाट हटाउने प्रयासको प्रगतिबारे सरोकारवाला निकायहरूबाट विस्तृत जानकारी लिएकी छिन्।

आजको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको सहभागितामा विभिन्न छानबिन तथा अनुसन्धान संस्थाका प्रमुखहरूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

उनीहरूले सम्पत्ति शुद्धीकरणका मुद्दामा तत्काल अनुसन्धान अघि बढाउने, अभियोजन प्रक्रिया पूरा गर्ने तथा अवैध रूपमा आर्जन गरिएका सम्पत्ति रोक्का र जफत गर्ने काममा भएको प्रगतिबारे जानकारी दिए।

बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं उपत्यकामा मात्रै १६०० रोपनी जग्गा रोक्का गरेको विवरण प्रस्तुत गरेको थियो।

यसरी सरकारले खैरो सूचीबाट बाहिरिने लक्ष्यलाई तीव्रता दिने संकेत देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.