• शुक्रबार, भाद्र २७,२०८२ 06:25:26
Global IME Bank Limited

सुशीला कार्कीद्वारा शितल निवास 'बहिस्कार', पुरानै दलहरुलाई शक्तिशाली बनाउने प्रपञ्च रचिएको भन्दै फायर

Hyundai Nepal
सुशीला कार्कीद्वारा शितल निवास 'बहिस्कार', पुरानै दलहरुलाई शक्तिशाली बनाउने प्रपञ्च रचिएको भन्दै फायर

काठमाण्डौ । बिहीबार अबेर रातिसम्म शितल निवासमा चलेको छलफलका क्रममा राष्ट्रपति र सरकारी पक्षले जेनजी आन्दोलनका प्रमुख मागहरुमा तोडमोड गर्न खोजेपछि अन्तरिम सरकारको प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की रिसाएर हिँडेकी खुलेको छ ।  

शितल निवासस्थित स्रोतहरुले निकै लामो समयसम्म चलेको छलफलमा राष्ट्रपति र सेनापति लगायतका सरकारी अधिकारीहरु जेनजीको संसद विघटन गर्ने र आन्दोलनका क्रममा भएको नरसंहारको निश्पक्ष न्यायिक छानबिन गर्ने माग पूरा गर्न सहमत नभएपछि निश्कर्षविहीन बन्न पुगेको दाबी गरे । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पटक-पटक अडान लिँदा समेत राष्ट्रपति र सरकारी पक्ष माग सुन्ने गरी प्रस्तुत नभएपछि सुशीला कार्कीले 'आफूलाई अब शितल निवास नबोलाउनू, तपाईहरुको सहमति भएपछि मात्र खबर गर्नू' भनेर हिँडेकी स्रोतको भनाई छ ।  

'म जेनजीहरुको  प्रतिनिधिको रुपमा अन्तरिम सरकारको प्रधानमन्त्री बन्न तयार भएको हुँ । उनीहरुले प्रस्तुत गरेका प्रमुख मागहरु पूरा नभई सरकारमा जान मलाई नैतिकताले दिंदैन ।' उनको भनाई उद्धृत गर्दै उच्च स्रोतले भनेको छः 'त्यसकारण पहिला आन्दोलनका प्रमुख स्टेकहोल्डर जेनजीहरुसँग नै छलफल गरेर सहमति गर्नुहोला, अनि मात्र मलाई खबर गर्नुहोला।'  

छलफलका क्रममा संसद विघटन र छानिबन समिति गठनको दुईबुँदे मागलाई सुशीला कार्कीले आफ्नो बटमलाइनको रुपमा प्रस्तुत गरेकी थिइन् । त्यसमा जेनजी प्रतिनिधिहरुले समेत समर्थन जनाएका थिए ।  यी दुई माग पूरा नभई कुनै पनि हालतमा सरकारमा नजाने, गएको खण्डमा जेन जी विद्रोह र सो क्रममा शहादत पाएकाहरुको अपमान हुने उनको भनाई थियो ।

रिसाएर शितल निवासबाट हिँडेकी कार्की शुक्रबारका कुनै पनि छलफलमा सहभागी छैनन् । उनले शितल निवासलाई 'म फेरि आउँदिन, नबोलाउनू' भन्ने खबर पठाएकी छिन् ।  

उनी छलफलमा नगएपछि राष्ट्रपति कार्यालयका सल्लाहकार तथा उच्च सैनिक अधिकृतहरुले आन्दोलनकारी जेनजीका प्रतिनिधिहरुसँग अहिले काठमाण्डौकै एउटा सैनिक ब्यारेकमा छलफल गरिरहेका छन् । जेनजी अभियन्ताहरुले संसद विघटन र छानबिन समिति गठनको माग पूरा नभई आफूहरु सरकारमा नजाने, बरु पुनः आन्दोलनमा फर्किने अडान लिइरहेका छन् । 

जेनजी प्रतिनिधि र स्वयम् सुशीला कार्कीले समेत राष्ट्रपति र सरकारी अधिकारीहरुको मिलेमतोमा समय लम्ब्याउने र देशलाई अन्यौलको भूमरी राखिरहने प्रयास भइरहेको आशंका गरेका उनीहरुनिकटले बताएका छन् ।  

कार्कीनिकट एक कानून व्यवसायीको विश्लेषणमा राष्ट्रपति अन्तरिम सरकार पनि गठन गर्ने, तर अहिलेको संसदलाई विघटन नगरी कांग्रेस, एमाले लगायतका दलहरुलाई नै शक्तिशाली बनाइराख्ने प्रपञ्चमा लागेको देखिन्छ ।

कार्कीले पनि आफू निकटस्थहरुसँग संसद विघटन नगरी अन्तरिम सरकार बनाउने, त्यसको नेतृत्वमा आफूलाई लैजाने र भोलि संसदीय खेलबाट आफूलाई कमजोर बनाउने खेल भइरहेको आशंका गरेकी छिन् । 'संसदमा दुईतिहाई नजिकको बहुमतको उनीहरुकै छ । भोलिका दिनमा चुनाव समेत हुन नदिने गरी मेरो नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र गरी अन्तरिम सरकारलाई कमजोर बनाउने र सुनियोजित रुपमा जेनजीको आन्दोलन तथा उनीहरुको मागलाई तुहाउने षड्यन्त्र भइरहेको देखिन्छ ।'- कार्कीको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.