मंगलवार, बैशाख ८,२०८३ 07:02:53
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 07:02:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुशीला कार्कीको विदाई सम्बोधन: के-के भनिन् ?

Bizshala
सुशीला कार्कीको विदाई सम्बोधन: के-के भनिन् ?
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालको अन्त्यसँगै राष्ट्रका नाममा सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गरेकी छन्। 

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्दै उनले आफू सन्तुष्टि र ठूलो आशाका साथ बिदा हुन लागेको बताइन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्यसहित आफूले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उक्त उद्देश्य पूरा भएकोमा सन्तोष व्यक्त गरिन्। “अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,” उनले भनिन्।

सम्बोधनका क्रममा कार्कीले हालै सम्पन्न निर्वाचनले परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको बताउँदै वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन सक्दैन भन्ने भाष्यलाई गलत सावित गरेको दाबी गरिन्।

CG Motors
Garima Development Bank
IME remit

उनले अब युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले ‘जेनजी आन्दोलन’ का माग र आकांक्षाअनुसार सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार अन्त्य, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा नतिजामुखी काम गर्नुपर्नेमा जोड दिइन्।

कार्कीले सत्ता हस्तान्तरणलाई केवल प्रक्रियागत परिवर्तन नभई जनअपेक्षाको नयाँ अध्यायको सुरुआतका रूपमा लिनुपर्ने उल्लेख गर्दै आगामी सरकारप्रति नागरिकको विश्वासलाई परिणाममार्फत प्रमाणित गर्नुपर्ने बताइन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.