शुक्रबार, श्रावण १५,२०८३ 01:31:29
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 01:31:29
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद् विस्तार हुँदै, यी ४ जनाले लिँदैछन् शपथ

मन्त्रिपरिषद् विस्तार हुँदै, यी ४ जनाले लिँदैछन् शपथ
New Office

काठमाण्डौ । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप्न लागेकी हुन्।

कार्कीले मन्त्रीका लागि कुमार इङनाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। सिफारिस भएको मध्ये आज आज दिउँसो ३ बजे इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माधव चौलागाईंले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पदको शपथ खान लागेका हुन् ।

कुमार इङनाम अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानूनका विज्ञ हुन् भने राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्।

यस्तै माधव चौलागाईं जनस्वास्थ्य विज्ञ हुन् भने श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक हुन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.