शुक्रबार, श्रावण १५,२०८३ 01:33:48
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 01:33:48
Bizshala
Global IME Bank Limited

निजी क्षेत्रको सुरक्षा र सुधारका लागि सरकार तत्पर छ: प्रधानमन्त्री कार्की

निजी क्षेत्रको सुरक्षा र सुधारका लागि सरकार तत्पर छ: प्रधानमन्त्री कार्की
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशिला कार्कीले निजी क्षेत्रको सुरक्षा र सुधारमा सरकारले पूर्ण रूपमा तत्पर रहेको बताएकी छिन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बाृल्दै उनले यस्तो बताएकी हुन् ।

उक्त अवसरमाले उनले सरकारले निजी क्षेत्रमा लगानीका बाधाहरू हटाउन सहयोग गर्ने र बीमा दाबीको अग्रिम भुक्तानीको व्यवस्था मिलाइसकेको जानकारी दिइन्। यसैगरी, व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न नीतिगत सुधार पनि लागू गरिएको बताइन्।

उनले राष्ट्र बैंकको सर्कुलर मार्फत समेत सुधार गरिएको समेत दाबी गरिन् । ‘निजी क्षेत्रसहित देशभर भएको ठुलो आन्दोलनले परेको घाउ पुछ्दै जानु पर्छ। हामी व्यवसायीहरूको मनोबल उकास्ने कार्यमा लागि परेका छौं,’ उनले भनिन् ।

यस्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा तोडफोड गर्ने वा आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि सरकारले कडाइका साथ कारबाही गर्ने प्रतिवद्धता जाहेर गरिन् । ‘यसमा कुनै शंका गर्नु पर्दैन,’ उनले भनिन् ।

सरकारले व्यवसायीहरूलाई पूर्ण सुरक्षा दिएको र निजी क्षेत्रको विकासमा सक्रिय सहयोग गरिरहेको कुरा उनले सबैले बुझ्नुपर्ने उनको भनाई थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.