मंगलवार, बैशाख ८,२०८३ 07:05:49
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 07:05:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तरिम सरकारको नेतृत्व लिन जेन-जीले गरेको प्रस्ताव सुशीला कार्कीद्वारा स्वीकार, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्लिन् ?

Bizshala
अन्तरिम सरकारको नेतृत्व लिन जेन-जीले गरेको प्रस्ताव सुशीला कार्कीद्वारा स्वीकार, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्लिन् ?
Shivam Cement

काठमाण्डौ । नयाँ परिस्थितिसँगै बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छिन् ।  

प्रधानसेनापति अशोक सिग्देलसँग विभिन्न चरणको वार्तामा सहभागी भइसकेका जेन-जी प्रतिनिधिहरुले आफूहरुको भर्चुअल बैठकबाट कार्कीको नाममा सहमति जुटाएको र सो विषय कार्कीलाई जानकारी गराएपछि उनी अन्तरिम सरकारको नेतृत्व लिन तयार भएकी हुन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

'उहाँले सबै जेन-जीको माग नै त्यस्तो हो भने म अगाडि बढ्न तयार छु भन्नुभएको छ ।' जेन-जीका ती प्रतिनिधिले बिजशालासँग भने -'अब हामी आजै सुशीला कार्कीको नाम लिएर प्रधान सेनापतिसँग भेट्नेछौं । अहिलेको अवस्थामा कार्कीको नेतृत्व नै सर्वस्वीकार्य र परिपक्व हुने देखियो ।'  

अब सम्भवतः भोलिदेखि सेनासँग हुने छलफलमा जेन-जीको प्रतिनिधिको रुपमा उनीहरुको अजेण्डाहरुलाई लिएर सुशीला कार्की समेत सहभागी हुनेछिन् । 

CG Motors
Garima Development Bank
IME remit

अरु जेन-जी समूहहरुले पनि छलफल चलाइरहेका छन् । सेनापतिले रास्वपा, राप्रपा, दुर्गा प्रसाईं जस्ता समूहसँग पनि कुराकानी गर्न वार्तामा गएका जेन-जी प्रतिनिधिहरुलाई भनेको विषय बाहिर आएकोले ती समूहहरुबाट पनि सहमति भएमा सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।  

कार्की नेपालको इतिहासमै पहिलो प्रधानन्यायाधीश भएको व्यक्तित्व हुन् । यदि जेन-जीहरुको प्रस्ताव सेनाले समेत स्वीकार गरेर घटनाक्रम अगाडि बढेको खण्डमा कार्कीले देशको पहिलो प्रधानमन्त्रीको इतिहास बनाउने गौरव प्राप्त गर्नेछिन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.