मंगलवार, कार्तिक ३,२०८३ 11:41:19
  • मंगलवार, कार्तिक ३,२०८३ 11:41:19
Global IME Bank Limited

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु, १० दलबाट को-को सहभागी भए ?

Bizshala
प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु, १० दलबाट को-को सहभागी भए ?
New Office

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारी र राजनीतिक सहकार्यका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा अहिले सम्म १० राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सुरुवाती रूपमा सात दलसँग मात्रै छलफल हुने भनिए पनि पछिल्लो समय थप तीन दलका प्रतिनिधि पनि सहभागी भएपछि बैठकलाई सर्वदलीय स्वरूप दिइएको हो।

बैठकमा सहभागी दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टी रहेका छन्।

कांग्रेसतर्फबाट गगन थापा र डा. प्रकाशशरण महत, एमालेतर्फबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी छन्। जसपा नेपालतर्फबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीका चन्दन सिंह पनि सहभागी भएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बैठकमा पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक समेत उपस्थित छन्।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। यही निर्वाचनका तयारी, राजनीतिक सहकार्य र मतभेद न्युनिकरणका लागि प्रधानमन्त्री कार्कीले दलहरूलाई छलफलका लागि बोलाएकी हुन्।

सरकारतर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.