बुधबार, असार १७,२०८३ 09:20:30
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:20:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोमबार रातिदेखि मौसम सफा हुने, आइतबार ७ जिल्ला रेड जोनमा

Laxmi Sunrise Bank Limited
सोमबार रातिदेखि मौसम सफा हुने, आइतबार ७ जिल्ला रेड जोनमा

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले असोज २० गते सोमबारसम्मको मौसम सम्बन्धी पूर्वानुमानको अपडेट केहीबेरअघि सार्वजनिक गरेको छ ।  

महाशाखाका अनुसार आज(शनिवार) राति कोशी, बागमति र मधेश प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमति प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरु र गण्डकी प्रदेशका तराई र पहाड, लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरुभा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । 

New Office
CG Motors
Garima Development Bank

असोज १९ गते आइतबार(भोलि) दिउँसो कोशी, मधेश, बागमति प्रदेशको पहाडी र तराई भूभागमा थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशका पहाड र तराई, लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।  

यस्तै, सोमबार पनि कोशी, मधेश र बागमति प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असोज २० गते सोमबार भने कोशी, बागमति, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली मात्र हुनेछ । सो दिन मध्यम वर्षाको मात्र सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ । सो दिन राति देशका पहाडी भूभागमा सामान्य वर्षा भए पनि बाँकी भूभागको मौसम सफा रहने बताइएको छ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.