बुधबार, श्रावण २०,२०८३ 09:00:48
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:00:48
Bizshala
Global IME Bank Limited

रसुवामा खोल्साले बगाउँदा भक्तपुरका ४ जना बेपत्ता

रसुवामा खोल्साले बगाउँदा भक्तपुरका ४ जना बेपत्ता
New Office

रसुवा । गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्सामा आएको बाढीले भक्तपुरका ४ जना पर्यटकलाई बगाएको छ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको समूहमध्ये ४ जना शुक्रबार बिहान खोल्सा पार गर्ने क्रममा बाढीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरू वडा नम्बर ५, ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा दुर्घटना भएको हो।

बेपत्ता हुनेमा भक्तपुर ठिमीका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन्। उनीहरूसँगै गएका रोज कर्माचार्यले घटनाबारे जानकारी गराएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो।

सवारी मार्ग नहुँदा उद्धार टोली घटनास्थलसम्म पुग्न ढिला भएको प्रहरीले जनाएको छ। हाल सुरक्षाकर्मीले स्थानीयको सहयोगमा ती चार जनाको खोजी कार्य जारी राखेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.