बुधबार, असार १७,२०८३ 09:17:11
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:17:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौको संकट टर्‍यो, कोशी प्रदेशमा अझै अति भारी वर्षाको सम्भावना

Laxmi Sunrise Bank Limited
काठमाण्डौको संकट टर्‍यो, कोशी प्रदेशमा अझै अति भारी वर्षाको सम्भावना

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता क्रमशः घट्दै गएको छ, तर कोशी प्रदेशमा भने अझै मध्यमदेखि भारी वर्षा भइरहेको छ। विभागले आइतबार बिहान साढे ५ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशभरका आठवटा बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ। तीमध्ये बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, सुनसरीको बुढीखोला र झापाको बिरिङखोला प्रमुख रूपमा जोखिम तह पार गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

यस्तै, १२ वटा अन्य नदी केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेको विभागले जनाएको छ। यीमध्ये बागमती, कमला र कोसी जलाधारका बाढीमापन केन्द्रहरू प्रमुख हुन्। विभागले कोसी, मधेस र बागमती प्रदेशका धेरै नदी–नालाहरूमा बहाब सतर्कता तह नजिक पुगेको र कोसी प्रदेशमा बाढीको उच्च जोखिम कायम रहेको चेतावनी दिएको छ।

विभागका वरिष्ठ मौसमविद् मीन कुमार अर्यालका अनुसार अहिलेको मनसुनी प्रणाली बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण सक्रिय रहे पनि यसको प्रभाव क्षेत्र क्रमशः सर्दै गएको छ। काठमाडौं उपत्यकामा ठूलो वर्षा पार्ने प्रणाली कमजोर भइसकेको र अब ठूलो पानी पर्ने संकट टरेको उनले बताए। “काठमाडौंसहित बागमती प्रदेशमा प्रणाली कमजोर भइसकेको छ,” अर्यालले भने, “अब कोसी प्रदेशतिर प्रणाली सरेको छ र त्यहाँ भारी वर्षाको सम्भावना अझै कायम छ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनका अनुसार अहिले कोसी प्रदेशका पाँचथर, इलाम, झापा हुँदै चतरासम्मका भूभागमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ। आज पनि कुनै–कुनै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहे पनि दिउँसोपछि वर्षा क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

गत २४ घण्टामा कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा मापन भएको छ। सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर पुगेको विभागले जनाएको छ।

विभागले आज बेलुकीसम्म कोसी प्रदेशका नदीहरूमा बाढीको उच्च जोखिम रहन सक्ने र मध्यम जोखिम भोलि बिहानसम्म कायम रहने चेतावनी जारी गरेको छ। त्यसैले स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.