बुधबार, श्रावण २०,२०८३ 09:03:21
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:03:21
Bizshala
Global IME Bank Limited

काठमाण्डौबाट विभिन्न मार्ग भएर बाहिरिने सवारी साधनहरु एकतर्फी रुपमा सञ्चालन

काठमाण्डौबाट विभिन्न मार्ग भएर बाहिरिने सवारी साधनहरु एकतर्फी रुपमा सञ्चालन
New Office

काठमाण्डौ । काठमाण्डौबाट विभिन्न मार्ग भएर बाहिरिने सवारी साधनहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।  

विगत २ दिन देखि परेको अविरल वर्षाका कारण काठमाण्डौबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु, काठमाण्डौबाट नुवाकोट तर्फ जाने सवारी साधनहरु र काठमाण्डौ दक्षिणकाली हुँदै हेटौडा तर्फ जाने सवारी साधनहरुलाई पूर्णरुपमा बन्द गरिएको थियो । तर हाल मौसममा क्रमिक सुधार हुँदै गएकोले धादिङ, नुवाकोट र काठमाण्डौ दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भईरहेको कार्यालयले जनाएको छ। 

अहिले विभिन्न ठाँउहरुमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भईरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरुबाट प्राप्त हुन आएकोले यसै सूचनाको आधारमा सडकमा यात्रुहरुको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरुमा आवागमन एकतर्फी रुपमा खुला गरिएको सूचनामा उल्लेख छ ।  

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक ईसारा, संकेत र सूचनालाई गम्भिरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउन आग्रह गरिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.