बुधबार, असार १७,२०८३ 07:40:46
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:40:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने, वीपी राजमार्ग खुल्न कम्तीमा अझै ४ दिन लाग्ने

Laxmi Sunrise Bank Limited
कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने, वीपी राजमार्ग खुल्न कम्तीमा अझै ४ दिन लाग्ने

काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार आज दिउँसो ४ बजेबाट सडकमा यातायात सुचारु गरिनेछ। उनका भनाइमा, अधिकांश राजमार्ग सञ्चालनयोग्य अवस्थामा पुगेका छन्, तर इलाम र झापाको माइखोलामा भने अझै पनि समस्या कायम छ।

New Office
CG Motors
Garima Development Bank

जैसीले बीपी राजमार्गको भकुण्डेबेसी सडक खण्डमा पनि पानीको बहाव घटेपछि चार दिनपछि पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। उनका अनुसार, विभिन्न स्थानका खोलामा अझै उच्च बहाव रहँदा तत्काल पूर्ण रूपमा सडक खुलाउन कठिनाइ भएको र पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको छ।

धुलिखेल–भकुण्डेबेसी सडकखण्डमा पनि पहिरोका कारण समस्या निरन्तर रहँदै आएको उनले जानकारी दिए। हाल उक्त खण्डमा एकतर्फी सवारी आवागमन सञ्चालनमा रहेको र पहिरो पन्छाउने कार्य जारी रहेको उनको भनाइ छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

झापाको चारआलीदेखि माइखोलासम्म सडक सञ्चालनमा आए पनि माइखोलाको क्षेत्रमा ठूला सवारी रोकिएका छन्, भने साना सवारी साधनलाई अनुमति दिइएको छ।

त्यस्तै, इलामतर्फको बाटोमा अझै अवरोध रहेको बताउँदै जैसीले फिदिम–तमोर करिडोर हुँदै धरान–भेडेटार मार्ग भने सुचारु रहेको जानकारी दिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.